Monday, June 29News That Matters

स्कुटर दुर्घटना हुदा चालकको मृत्यु

मोरङ, असार १९ गते ।

मोरङमा स्कुटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–१५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको हो ।

दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर गतराती करिब साँढे ११ बजे आफै अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटर चालक प्रशान्त बस्नेत घाईते भएको थियो ।  घाईते भएका  विराटनगर १६ न. वडाका २३ बर्षीय बस्नेतको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा राती साँढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।