
पूर्णपुष्टि, बैशाख ६ गते ।
सदरमुकाम गाईघाटका भित्रि सडकहरु बन्द गरिएको छ । त्रियुगा नगरपालिका–३ भूल्के स्थिति मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानियबासीहरुले टोल–टोलको सडक बन्द गरेका ह्न् ।
मस्जिदमा रहेको १२ जना भारतियसहित १६ जना मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानिय आफैले टोलका सडकहरु पूर्णरुपमा बन्द गरेको हो । यातायात र मान्छेसम्म टोलामा प्रवेश गर्न नदिनका लागी टोलबासीहरुले बाँस, भाटा बाँधेर पूर्ण रुपमा सडक बन्द गरेको छ ।
आँगनमै खताराको घण्टी बजेको भन्दै स्थानीयहरुले आवतजावतमा पूर्ण बन्द गरेको जनाएका छन् । हिजोसम्म केहि सवारी साधन र मान्छे आवतजावत गरेपनि आज बजार सुनसार हरेको स्थानीयहरुले बताएका छन् ।
सदरमुकाम नजिकै रहेको मस्जिदको १२ जनामा कोरोना पोजेटिभ देखिएपछि मानिसहरु आफै सर्तक हुदै लकडाउनको पूर्ण पालना गरेका छन् । हिजो भन्दा आज बजारमा मानिस कम हिडडुल गरेको सुरक्षा स्रोतले जनाएको छ ।
उता भूल्के गाउँ उच्च सुरक्षा घेरा भित्र राखिएको छ । गाउँ प्रवेश गर्ने सवै नाकाहरु बन्द गरिएको छ भने मस्जिद हिजो नै प्रशासनले शिलबन्द गरेको थियो ।


