Sunday, June 28News That Matters

स्पेनिस ला लिगामा बार्सिलोनाको जित

पूर्णपुष्टि, असार २८

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ । गतराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १ – ० गोललेपछि पार्दै जित हात पारेको हो ।

खेलको १५ औं मिनेटमा भिडालले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक गोल बन्यो ।

भिडालको गोलमा अस्सिट गरेसँगै मेस्सीले एकै सिजन २० गोल र गोलका लागि २० अस्सिट गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएको छ ।

जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ ।

एक खेल कम खेलेको रियलको ८० अंक छ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा छ ।