Saturday, April 25News That Matters

स्मार्ट लाइसेन्सका लागि १४ लाख कार्ड खरिद गर्ने

पूर्णपुष्टि, कात्तिक २९

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ  ।

स्मार्ट लाइसेन्स छपाइका लागि १४ लाख कार्ड खरिद गर्न भएको ठेक्का आह्वानमा प्राप्त आवेदनको मूल्याङ्कन भइरहेको विभागले जनाएको छ ।
विभागले दुई वर्ष पहिले झण्डै १० लाख कार्ड खरिद गरेको थियो । त्यसपछि अहिले खरिद प्रक्रिया अघि बढाएको हो । अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै बाँकी छ ।

ठेक्का सम्झौता भएपछि तीन महिना भित्रमा कार्ड ल्याउने र अहिले खरिद भएको कार्ड डेढ वर्षलाई पुग्ने अनुमान गरिएको छ । विभागले गत चैतदेखि असोज मसान्तसम्ममा झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको थियो । अब सेवाग्राहीले कार्ड पाउन सहज हुने अपेक्षा गरिएको छ ।

सरकारले गत चैतमा लकडाउन गरेपछि यातायात कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।