
पूर्णपुष्टि, माघ १६
स्रोत नखुलेको ठुलो रकम सहित ५ जनालाई महानगरीय प्रहरीले काठमाण्डौँको न्युरोडबाट पक्राउ गरेको छ । उनिहरुसँग चेक र नगद सहित ३८ लाख बराबरको रकम रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी बृत जनसेवाबाट खटिएका प्रहरीले २२ लाख आठ हजार १५० रुपैयाँ नगद र २४ थान चेक बरामद गरेको छ ।
प्रहरीले शंकास्पद रूपमा हिँडिरहे ५ जनालाई नियन्त्रणमा लिई खान तलासी गर्दा सो रकम र चेक फेला पारेको हो । पक्राउ पर्नेहरुमा हुम्लाको सर्केगाड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुरको थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तामाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ बस्ने २७ वर्षीय भीमसेनबहादुर तामाङ रहेका छन् ।
पक्राउ परेका सबैलाई सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभाग पुलचोक पठाईएको प्रहरीले जनाएको छ ।
