
पूणर्पुष्टि, भदौ १८
प्रदेश १ का सांसद अम्विका थापाले बाबुको ७ औँ बार्षिक तिथिको अवसर पारेर शान्तिधामका बटुकहरुलाई खाद्यन्न सहयोग गर्नुभएको छ ।
बिहिबार शान्तिधाम स्थित संस्कृत बिद्यार्थी बटुकहरुलाई खाद्यन्न उपलब्ध गराउँदै स्वर्गिय बुवा प्रति हार्दिक श्रदान्जली र बैकुन्ठ बासको कामना गर्नुभयो ।
शामाजिक सहयोग र सद्भावले बुवाको मृत आत्माको चिर शान्ति प्राप्त होस् भन्दै त्यसका निमित्त असाहय र गरिब दुखिहरुलाई निरन्तर सामाजिक सहयोग गरिरहेने समेत थापले बताउनुभयो ।
थापाले ९० केजी चामल, १ प्याकेट आँटा पिठो, ५ केजी दाल, ५ केजी चिनी, ५ केजी नुन, ४ केजी चना मटर, २ प्याकेट मसला र १ प्याकेट माक्स सहयोग गर्नुभएको छ । 
थापाले संस्कृत विद्यालयमा धेरै कुराहरुको समस्याहरु रहेको बताउनुभयो । उहाँले आफुले पहिले नै आउँदा थाहा पाएको र यसको समधानका निम्ति आफ्नो सानो सहयोग रहेको बताउनुभयो । उहाँले धेरै कुराहरु उपलब्ध गराउन नसकेपनि बटुकहरुलाई दैनिक रुपमा अत्यावश्यक रहेको खाद्यन्नलाई जोड दिदै खाद्यन्न सहयोग गरेको बताउनुभयो ।
थपाको सपरिवार सहित नागरिककर्मि महेश्वरी राई, मानवअधिकारकर्मी भरत खड्का, पत्रकार महासंघका अध्यक्ष भरत खड्का लगाएतको उपस्थितिमा सांसद थापाले विद्यालयका अध्यक्ष गिरिराजमणी पोखरेललाई खाद्यन्न हस्तान्तरण गर्नुभयो ।

