Saturday, May 16News That Matters

स्वर्गीय चलचित्रकर्मी चौधरीको परिवारलाई नगरद्वारा नगद हस्तान्तरण

जयराम पुर्वछाने मगर
बेलका, जेठ २४ गते ।

चलचित्रकर्मि तथा समाजसेवि स्वर्गीय कृष्णप्रसाद चौधरिको परिवारलाई बेलका नगरपालिकाले नगद १ लाख हस्तान्तरण गरेको छ । नगररपालिका श्रद्धाञ्जलि सभा आयोजना गरेर स्वर्गीय चौधरीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

स्वर्गीय चौधरिको स्मृतिमा नगरले एक प्रतिष्ठान स्थापना गर्ने भएको छ । “कृष्णप्रसाद चौधरि कला प्रतिष्ठान” नामाकरण गरि यसका लागी बजेट आगामी असार ६ गते बिनियोजन गरिने बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । सुरुवातमा कोषमा ३ लाखको कोष स्थापना गरिने उहाँले बताउनुभयो ।

स्वर्गीय चौधरीको सपनाहरु साकार बनाउन उनले लेखेका साहित्यका डकुमेन्ट्री, फिल्म, कथा, कविता प्रकाशन गर्नु पर्ने नगरका नगरका उप–प्रमुख राजकुमारि चौधरिले बताउनुभयो । चौधरि फिल्महरु कमरिया, दिलके टुक्रे लगायत आधा दर्जन फिल्म निदेर्शन तथा निर्माण गरेको र नेपाली चलचित्रमा समेत सह–निर्देशन गरेको बताउनुभयो ।

२०३० साल चैत ५ गते जन्म भएका चौधरीको गत जेठ १५ गते मृत्यु भएको थियो । उनी घरका कान्छा छोरा पनि हुन् । चौधरी वडा नागरिक मञ्च, वडा नम्बर ३ बाल सङरक्षण समिति, थारु कल्याणकारि समितिका उदयपुर जिल्ला सदस्य, थारु सास्कृतिक समितिका उदयपुर जिल्ला सदस्य लगायत दर्जनौ सङघ सस्थामा अवद्ध थिए ।

उनी २०७४ सालको स्थानीय निर्वाचनमा पुर्व एमालेबाट बेलका नगरपालिका–३ का वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

श्रद्धाञ्जली सभामा नगरका जनप्रतिनिध र नेकपाका तेनाहरुको उपस्थिति रहेको थियो ।

फोटो फिचर