
पूर्णपुष्टि, जेठ २६ गते ।
स्याङ्जाको एक स्वास्थ्य शाखा प्रमुख मृत फेला परेको छ । गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झुण्डिएको अवस्थामा फेला परेको हो ।
हिजो बिहानबाट सम्पर्कविहीन रहेका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लभ भण्डारीलाई साँझ घर नजिकै झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
मृतक गल्याङ नगरपालिका–२, बटुवाका भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट झुण्डिएर आत्महत्या गरेको पाइएको छ भने घटनाको थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
