Sunday, May 17News That Matters

हत्याको आरोपमा एक पक्राउ

पूर्णपुष्टि,माघ ३० 

मोरङमा एक महिलाको हत्यको आरोपमा गौरीजञ्ज नगरपालिका–१ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् । जहदा गाउँपालिका–१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले मण्डललाई पक्राउ गरेको हो ।

सवरियाका ज्वाई नाता पर्ने मण्डलले बुधवार बिहान सवा ७ बजेको समयमा सामान्य घरायशी बादबिबादको बिषयमा धारिलो हतियार दाउले टाउकोमा प्रहार गर्दा सवरीया गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घाइते सवरियाको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा हिजो दिउँसो २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवरियाको हत्या आरोपमा पक्राउ परेका मण्डलको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।