Friday, June 26News That Matters

हमासले रिहा गर्ने २० बन्धकको नाम सार्वजनिक, नेपालका विपिन जोशीको नाम छैन

पूर्णपुष्टि, असोज २७ । प्यालेस्टिनी लडाकू समूह हमासले आज रिहा गर्ने भनिएका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ । तर सार्वजनिक सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश भएको छैन ।

प्यालेस्टिनी समाचार संस्था शेहाबले जारी गरेको सूचीमा बार कुपरस्टाइन, एव्यातार डेविड, योसेफ चाइम ओहाना, सेगेव काल्फन, अविनातान ओर, एल्काना बोहबोट, म्याक्सिम हेरकिन, निमरोड कोहेन, माटान झाङाउकर, डेभिड कुनीओ, एइतान होर्न, माटान एन्ग्रेस्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाइ गिल्बोआ डलाल, रोम ब्रास्लाब्स्की र एरिएल कोनियो रहेका छन् ।

बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको नेतृत्वमा इजरायली सेनालाई हस्तान्तरण गरिने बताइएको छ । बन्धक रिहाइको तयारीका लागि अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिहरू गाजा स्ट्रिपमा पुगिसकेका छन् ।