
पूर्णपुष्टि,मंसिर १५
सुनसरीमा हराईरहेको बालक मृत अस्थामा भेटिएको छ । दुहवी नगरपालिका–२ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका हो । हत्याको आरोपमा प्रहरीले सोही नगरपालिकाको २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको छ ।
मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा सोमवार बिहान ५ बजे दुहवी नगरपालिका–२ स्थित अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी खालि जग्गाको घारीमा चौधरीको शव फेला पारिएको थियो ।
बालक हराएको ईलाका प्रहरी कार्यालय दुहवीमा मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
नियन्त्रणमा लिईएका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले कर्तव्य गरी मारेको र शवलाई घारीमा फालेको भन्ने बयान दिएको प्रहरीले जनाएको छ ।
बालकको शव फेला परे संगै थप अनुसन्धान भईरहेको र घटनामा संग्लग्न रहेको आशंकामा अन्य २ जनालाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
साथै मृतक चौधरीको शव परिक्षणको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जनाएको छ ।
