Tuesday, May 5News That Matters

हराएका बालकको मृत अवस्थामा फेला

झापा, भाद्र २ गते ।

झापाको दमकमा घरबाट हराएको बालक पोखरीमा मृत अवस्थामा फेला परेको छ । दमक नगरपालिका – ३ बेलडागी २  सेक्टर न.ई १, हर्ट न. २ सिबीरमा बस्ने नर बहादुर मगर को छोरा १४ वर्षीय ओषिष मगर मृत फेला परेको हो ।

आईतबार साँझ ५ बजे घरबाट हिडेका बालक बिहाँन साढे ७ बजे दनपा –३ हुम्से दुम्से सामुदायिक बनका कर्मचारीले पोखरीमा फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।