Sunday, June 14News That Matters

हल्का वर्षा र हिमपात हुने सम्भावना

पूर्णपुष्टि, फागुन ११

पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त प्रणालीको प्रभाव भोलि बेलुकासम्म रहने छ । अहिले देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।