
पूर्णपुष्टि, बैशाख १३ गते ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको समितिका बैठकले १५ दिन थप्दै जेठ २ गनेसम्मका लागी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि अप्रिल ३० सम्म उडानहरु बन्द थिए । समन्वय समितिले उडानहरु बन्द गर्ने निर्णय गरे पनि लकडाउनको विषयमा भने केही निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा समीक्षा भए पनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको जनाईएको छ ।
लकडाउनको विषयमा भने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने जनाईएको छ ।
