
पूर्णपुष्टि, भदौ ४
मोरङमा दुई बिचौलीया प्रहरीको फन्दामा परेको छ । विराटनगरमा विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुख हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ अमरटोल १८ बर्षीय प्रधुम्न राय र २३ बर्षीय आनन्द कुमार साह रहेका छन् ।
उनिहरुले विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई डर त्रास देखाउँदै आफवाह फैलाउने कार्या गरेको प्रहरीले जनाएको छ ।
हस्पिटलमा आएका विरामी तथा आफन्तहरुलाई यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ । उपचार राम्रो छैन भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्याउँदै आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागी प्रेरित गर्ने गरेको पाइएको हो ।
बिभिन्न डर त्रास देखाउँदै आफ्नो सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दु ख हैरानी दिने गरेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश प्रहरी कार्यालय च्क्ष्त् समुहको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ । यस्तो किसिमको ब्यवहारबाट अन्य कोही पनि पीडित हुनु भएको छ वा हुन गई रहेको प्रहरीलाई खबर गर्नु हुन समेत अनुरोध गरिएको छ ।
