Wednesday, June 24News That Matters

हाईड्रो पावरका कामदार मृत फेला

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका(११ मा रहेको लोयर सोलु हाईड्रो  पावर कम्पनीका कामदार  ३२ बर्षीय जय देव ईन्टि भारतको आछाममा मृत अवस्थामा फेला परेको छ ।

असार २१ गते देखि हराई बेपत्ता भएका ईन्टिको खोजतलासको क्रममा बिहिवाट दिउँसो २ बजे दाल्दु खोलाको किनारामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मृतकको कानूनी प्रकृया अनुसार शव परिक्षणको लागि जिल्ला अस्पताल फाप्लु पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।