
पूर्णपुष्टि, जेष्ठ १२
हात्तीको आक्रमणबाट बर्दियामा आमा छोरीको ज्यान गएको छ । गएराति गेरुवा गाउँपालिका–१ सरखोल खचकपुर बस्ने वर्ष ३७ की चन्द्रा बिक र निजको छोरी बर्ष ३ की दीपिका बिकको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
आफ्नो घरमा बसी रहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा जङ्गली हात्ती आई उनीहरुलाई आक्रमण गरेको थियो ।
आमा चन्द्राको घटनास्थलमै ज्यान गएको थियो, भने छोरी दीपिकाको नेपालगन्ज मेडिकल कलेजमा आज बिहान उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
