Friday, May 15News That Matters

हावाहुरी पिडितलाई पाँच लाखको घर

भदौ १९ गते ।

बारा र पर्साको हावाहुरी पिडितको घर नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले घर निर्माणको लागत प्रतिघर चार लाख ८५ हजार रुपैयाँ  रहेको प्रतिवेदन पेस गरेको छ । घर निर्माणको लागि सरकारले प्रतिघर उपलब्ध गराएको बजेटबाट प्रतिघर ६१ हजार एक सय रकम बचत गरेको हो ।

एक घर निर्माणका लागि सरकारले पाँच लाख ४५ हजार ९ सय ८५ रुपैयाँ ८८ पैसा रकम उपलब्ध गराएको थियो । कटिन्जेन्सी र निर्माण सामग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गर्न सफल भएको छ ।

सेनाले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा रहेको छ । सरकारले बाराका आठ सय सात घर र पर्साका ६२ गरी आठ सय ६९ घरको प्रमाणपत्र तथा नक्साको कागजसहित हुरीपीडितलाई घर उपलब्ध गराएको हो ।

यो समाचार आजको गोरखापत्रमा दैनिकमा छापिएको छ ।