
पूर्णपुष्टि, माघ २४
यो बेला परेको हिउँपात र बर्षातले किसानहरुलाई फाईदा भएको छ । बाग्लुङका कृषकहरु यतिवेला निकै खुसि देखिन्छ । सबै ठाउँमा यसको फाइदा नभएपनि उत्पादन गर्ने कृषकहरुलाई भने निकै फाईदा भएको देखिन्छ ।
बग्लुङको पर्यटकीय क्षेत्र ढोरपाटन क्षेत्रमा हिमपात भएको छ भने अन्य स्थानहरुमा बर्षात भएको छ । बर्षात भएपछि उत्पादनशिल कृषकहरुले उत्पादन बृद्धि हुने भन्दै खुसि व्यक्त गरेको छ । हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात भए पनि बारीमा भएको गहुँ जौलगायतका खेतीपातीलाई राम्रो हुने किसानको भनाइ छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ । ढोरपाटन तथा निसीखोलाको उच्च भागसँगै बागलुङ र पूर्वी रुकुम सिमानामा हिमपात भएको छ ।
यता हिमपातका कारण अन्य क्रियाकलापहरुमा भने असर पुराएको छ । स्थानीय कमल भण्डारीका अनुसार ढोरपाटन लगायत पर्यटक क्षेत्रहरुमा हिमपात परेको बताए । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात पर्नुका साथै अन्य स्थानमा पानी परेको हो ।
उनले यहाँका स्थानीय घुम्ती बसाई गर्न तल्लो ढोरपाटन झरेको र वर्षापछि आलु लगाउन माथि जाने जानकारी दिए । हिमपात भएपछि स्थानीयको जनजीवन कष्टकर भएको छ भने सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ । हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्कन नसकेको स्थानीय चकबहादुर अदैले बताए ।
ढोरपाटनको ढोरपाटन जनवादी घुम्ती विद्यालयले चिसो बढेसँगै बोबाङबाट पठनपाठन सञ्चालन गरेको छ । हिमपात भएपछि बुर्तिबाङदेखि ढोरपाटन चल्ने यातायातका साधन चल्न सकेका छैनन् । लामो समय पानी नपर्दा कृषक निराश भएका किसान खुशी भएका छन् । मौसम परिवर्तन भई हल्का वर्षा भएपछि खेतीपाती सप्रने किसान रामबहादुर खड्काले बताए ।
