Monday, May 4News That Matters

हिजोदेखि नारायणघाट–मुग्लिन सडक अवरुद्ध

पूर्णपुष्टि,असार १५ । नारायणगढ–मुग्लिन सडक पहिरोको कारण विहीवार दिउँसो देखि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो । उक्त सडक अझै पनि पहिरो पन्छाउन सकिएको छैन ।

ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार पहिलो पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको छ । उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन ६र७ घन्टा लाग्ने बताए।

‘दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन,’ तामाङले भने। पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन। पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको छ।

काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।