Tuesday, June 30News That Matters

हिजो राति परेको बर्षाले सनुवा सुक्नाई खोलाको बाँध भत्कीयो, पानी बस्ती तर्फ, २० घर प्रभावित

पूर्णपुष्टि, असार २७  

हिजो राती परेको अविरल बर्षाले सनुवा सुक्नाई खोलाको बाँध भत्काएर पानी बस्तीमा छिरेको छ । पानी बस्तीमा छिर्दा त्रियुगा नगरपालिका–२ नमुना टोलका स्थानीयहरुलाई असर पारेको छ । पानी छिरेसँगै त्यहाँका स्थानीयहरु रातभर पानीबाट जोगिन सुरक्षित स्थान तर्फ गएर बसे ।

रातभर पानी परेपछि बाँधले खोला थेग्न नसक्दा बाँध बत्किएर पानी नमुना टोलमा छिर्दा करिब २० घरमा क्षती पुगेको हो । बाडी स्थानीयहरुको घर भित्र छिर्ता भान्सा कोठा, खाद्यन्न लत्ता कपडा भिजेर नष्ट भएको स्थानीयहरुले जनाएको छ ।

स्थानीय ईश्वरी बस्नेतका अनुसार पानीले खेतीयोग्य जमिन समेत डुवाएको छ  । धान रोपेका करिब ६ बिघा खेतहरु डुवानमा पारेपछि स्थानीयहरु चिन्ति बनेको बस्नेतले जनाए ।

रोपाई गरिएको धान हरियो भइसकेको थियो तर हिजो रातिको वर्षातले खोलामा बाडी पस्दा खेत नै बालुवाले पुरिएको स्थानीय गौरीनारायण राजधामीले बताए ।

पानीले टोल डुबाएपछि वडा अध्यक्ष घमान सिंह खत्री, नगर कार्यापालिका सदस्य कमला खड्का र स्थानीयहरुले मिलेर भत्केको बाँधलाई जेसिवी लगाएर पून निर्माण गरेको छ । पानीले स्थानीयहरुलाई असर गरेपछि स्थानीयहरुले नै वडा अध्यक्ष र सदस्य खड्कालाई अनुगमनका लागि बोलाएका थिए ।