Saturday, June 6News That Matters

हिमाल आरोहणमा जथाभाबी फोटो/भिडिओ खिच्न प्रतिबन्ध

पूर्णपुष्टि, फागुन २५ 

पर्यटन विभागले सन् २०२१ को हिमाल आरोहण सिजन थप व्यवस्थित बनाउन ११ बुँदे निर्देशन जारी गरेको छ ।

अब पर्वतारोही दल र दलका सदस्यले सम्बन्धित आरोहण दलका गतिविधिबाहेक अरू फोटो भिडिओ खिच्ने र प्रचारप्रसार गर्न नपाइने भएको छ ।

आरोहण एजेन्सीका तर्फबाट पर्वतारोहणसम्बन्धी काम गर्नका लागि आधिकारिक व्यक्ति तोकेर पठाउनुपर्नेछ । पर्वतारोहणबाहेक अन्य गतिविधि गर्नुपर्ने भएमा विभागको अनुमति लिनुपर्नेछ । पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले अनलाइन ब्रिफिङ भरेपछि मात्रै अनुमति पाउने जनाईएको छ ।

अनुमतिपत्र जारी भएको मौसम समाप्त भएको १५ दिनपछि मात्रै आरोहणको प्रमाणपत्र जारी गर्ने काम सुरु हुनेछ । अनलाइन डिब्रिफिङ नभरेकाहरूले प्रमाणपत्र नपाउने विभागले जनाएको छ ।

आरोहण दलका सम्पूर्ण सदस्यको यात्रा कार्यक्रम अनुमतिपत्र जारी गर्ने समयमा पेस गर्नुपर्नेछ । डिब्रिफिङ हुँदाका बखत आरोहण दलका सदस्य कुन माध्यमबाट काठमाण्डौ पुगे भन्ने जानकारी गराउनुपर्नेछ ।

त्यस्तै आपत्कालीन उद्धार गरिएका पर्यटकलाई स्रोत साधनले भएको अस्पतालमा लैजानुपर्ने विभागले जनाएको छ ।