Saturday, June 27News That Matters

हुण्डी कारोबार आरोपमा २ जना पक्राउ

पूर्णपुष्टि, बैशाख २० गते । 

काठमाण्डौबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेका छन् । भारत मोतिहारी घर भई ललितपुरको सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र बागलुङ घरभई काठमाडौं नयाँबानेश्वर बस्ने ३५ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटेको प्रहरी टोलीले काठमाण्डौं महानगरपालिका–१३ टंकेश्वर र काठमाडौं महानगरपालिका–१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट आज पक्राउ गरको प्रहरीले जनाएको छ ।

गुप्ताको साथबाट छ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ गरी जम्मा २४ लाख २१ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ ।