
पूर्णपुष्टि, भदौ ३
हेटौँडामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडा उप–महानगरपालिका–१ को जरुवाटोलका ६१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
ती पुरुषमा हेपटाइटिस, रक्तचाप लगायतको स्वास्थ्य समस्या रहेको थियो । हेटौँडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्यले जनाएको छ ।
