
पूर्णपुष्टि, चैत ३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टरले उडान भर्ने क्रममा चरा ठोक्किएको छ ।
बिहान पौने १० बजे कठमाडौंबाट गोसाइकुण्डका लागि उडेको प्रभु हेलिकोप्टरमा चरा ठोक्किएको हो ।
तत्काल हेलिकोप्टरको आकस्मिक अवतरण गरिएका कारण अप्रिय घटना हुन नपाएको विमानस्थलले जनाएको छ । हेलिकोप्टरले पाँच जना यात्रुसहित गोसाइकुण्डका लागि उड्ने तयारीमा थियो ।
हेलिकोप्टर अहिले ग्राउण्डेड गरिएको छ । चालक र यात्रु सकुसल रहेको जनाईएको छ ।
