Thursday, May 28News That Matters

होलीमा प्रशासनको उच्च सर्तकता, होली विशेष कार्यक्रमहरु सवै स्थगीत

पूर्णपुष्टि, फागुन २६ गते ।

विश्वभर महामारीको रुपमा पैmलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बाच्नका लागी होली जमघाट भएर नमनाउन जिल्ला प्रशासन कार्यालयको आह्वान रहेको छ । होलीमा हुने जमघटबाट यसको संक्रमण फैलने सम्भावना उच्च रहेकाले नेपाल सरकार, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय उदयपुरले पहिला नै आह्वान गरिसकेको हो ।

नेपालमा मात्रै नभई छिमेकी देश भारतमासमेत भब्यताका साथ मनाईने रङहरको पर्व होली यस वर्ष नमनाउन सरकारले आह्वान गरेको प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताउनुभयो । होलीमा आफन्तजनसँगको जमघटमा शुभकामना आदान प्रदान गर्ने काम सामान्य रुपमा मात्र गर्न अनुरोध गर्नुभयो । विभिन्न सस्थाहरुले सास्कृतिक कार्यक्रमहरुसमेत आयोजना भएकामा ति सवै स्थगीत गरिएको उहाँले बताउनुभयो ।

सवै तहका सरकार र जिप्रकाले यस अघि नै आह्वान गरी सकेको र जनता आफै सचेत भएकाले आह्वानलाई साथ सहयोग गर्ने आशा लिएको प्रजिअ खड्काले बतउनु भएको छ ।

कोरोनाको लक्षण रुघा खोकीको जस्तै हुने भएकाले चिसो र रङहरु नाकमा पर्दा कोरोनाको उच्च जोखिम हुने भएकाले प्रशासनले कडाई गर्नु परेको हो । चोक–चोक र गल्लि–गल्लिमा सुरक्षाको प्रवन्ध मिलाएकाले कुनै धरपकड गर्नु पर्ने वातावरण जनताले सिर्जना नगर्न आह्वान गर्दै अनुरोधलाई अवज्ञा गरे कारवाही हुने बताउनुभयो ।

यो भाईरस नयाँ र यसको औषधी र उपचार पत्ता जलागी सकेकाले बढी जोखिमयुक्त भएकाले सर्तक रहनु पर्ने प्रजिअ खड्काले बताउनुभयो । माक्सको प्रयोग गर्नाले खोक्दा, स्वासप्रस्वासमा सिधा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा पुग्दैन । त्यसैले सकेसम्म माक्सको प्रयोग गर्नु उचित रहेको उनले बताउनुभयो ।

पछिल्लो समयमा आएर विभिन्न खालको भ्रम पैmलिएको छ । अल्कोहलको प्रयोगले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई घटाउने भएकाले औषधी अन्य मानिसको तुलनामा बढी डोज प्रयोग गर्नु पर्ने हुन्छ । चिनको हुवान प्रन्तबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वभर महामारी रुपमा फैलिएको छ । यसको संक्रणबाट बच्नका लागी सवै सजग हरनु पर्दछ ।