
पूर्णपुष्टि, जेठ १० ।
त्रियुगा माध्यामिक विद्यालय, गाईघाटको २०५४ साले एसएससी ब्याजीले कोरोना महामारीमा अग्रपंतीमा खटिरहेको उदयपुरकाे सञ्चार संस्थाहरूलाइ स्वास्थ्य सामग्री आज वितरण गरेको छ । 
०५४ ब्याजीले, समाचार संकलनकाे सिलसिलामा पत्रकार तथा सन्चारकर्मीहरुलाई प्रयोग हुने सेनिटाइजर र मास्क वितरण गरेको हो । नेपाल पत्रकार महासंघ शाखा उदयपुर, रेडियो उदयपुर, उपहार एफएम, पूर्णपुष्टि मिडिया हाउस लगायतलाई वितरण गरेकाे हाे । संचार संस्थाका कार्यालय सम्म नै पुगेर ब्याजी टोलीले स्वास्थ्य सामग्री प्रदान गरेको ब्याजी समुहका सदस्य कुमार मोतेले जानकारी दिनुभयो । 
ब्याजीका सदस्यहरुले अाफैले आर्थिक संकलन गरी कोरोना महामारीमा समाजलाई सहि र सत्य सूचना पुर्याउन मिडिया क्षेत्रलाई सहयोग गरेका हुन् । उक्त ब्याजीले अघिल्लो पहिलो लहरको कोरोना कहरमा पनि सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

