Friday, July 3News That Matters

१०५८ जना नेपाली श्रमिकलाई साउदीले बहिर्गमन भिसा दियो

पूर्णपुष्टि, असोज १६

साउदी सरकारले एक हजार ५८ जना नेपाली श्रमिकलाई बहिर्गमन भिसा दिएको छ ।
साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत नेपाली श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तीमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको हो ।

साउदी सरकारलाई बहिर्गमन भिसा नहुँदा घर फर्कन नपाएका श्रमिकको विवरण लिएर दूतावासले बहिर्गमन भिसाका लागि अनुरोध गरेको थियो ।
यस भिसाका लागि दूतावासमा झुठो विवरण दिएर बहिर्गमन भिसाका लागि पेश गरेमा र दूतावासको सिफारिस अनुार बहिर्गमन भिसा लागेमा यसबाट सिर्जना हुने समस्याका लागि सम्बन्धित व्यक्ति स्वयम नै जिम्मेवार हुनुपर्ने दूतावासले जनाएको छ ।

बहिर्गमन भिसा लागेकाले भने स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ ।