Wednesday, May 20News That Matters

१०८ सरस्वती मन्दिर उद्घाटन

उदयपुर, माघ १५ गते ।

उदयपुरको श्री सगरमाथा आधारभूत विद्यालय (१–८) भूल्केमा निर्माण भएका सरस्वती मन्दिरको उद्घाटन भएको छ । चौदण्डिगढी नगरपालिका–७ भूल्केको सगरमाथा आधारभूत विद्यालयमा स्थानीय केशव अधिकारीले निर्माण गरेको सरस्वती माताको मन्दिर बुधबार १ न. प्रदेश सांसद विमल कार्कीले उद्घाटन गर्नुभएको हो ।

मन्दिर उद्घाटन गर्दै सांसद कार्कीले आगमी वर्ष यस विद्यालयलाई आवश्यक परेको महत्वपूर्ण आवश्यकतालाई समाधान गर्ने योजना लिएर आउने बताउनुभएको छ । भाविष्यका कर्णधारहरुलाई गुणस्तरीय शिक्षा दिन सकिएन भने समृद्ध नेपाल नबन्ने उहाँले बताउँनुभयो ।नानीहरुको भविष्य उज्वल नबनेसम्म देश र समाजको भविष्य उज्वल नबन्ने सांसद कार्कीले बताउनुभयो । त्यसैले सवैले शैक्षिक क्षेत्रको हेक्का राख्न जरुरी छ । विश्वका उच्च ओहदाका राष्ट्रको दक्ष व्यक्तिहरुसँग प्रतिस्प्रधा गर्न सक्ने क्षमता बनाउन शैक्षिक क्षेत्र मजबुद बनाउनु पर्ने उहाले बताउनुभयो ।

सरकार र नेताले गर्दा बाध्य भएर विदेशीनु प¥यो भन्न नपरोस् भन्ने उद्देश्यले सवै पूर्वधारमा लागि परेको सांसद कार्कीले बताउनुभयो । सिचाई, खानेपानी, सडक, पुल लगायतका कुराहरुको निर्माण कार्य अगाडी बढिरहेको छ । आगामी चुनावमा पूर्वधारको एजेण्डा बोकेर भोट माग्ने अवस्था नरहने उहाले बताउनुभयो । विकाससँगै जनतामा दक्षता त्यहि अनुसारको बृद्धि गर्न जरुरी छ । त्यसैले विद्यालय राजनीति गर्ने थलो होईन् । सामुहीक सोचले अगाडी बढ्नु पर्ने भन्दै सांसद कार्कीले विद्यालयमा राजनीति नगर्न आग्रह गर्नु भएको छ ।

स्वर्गीय फुपू महेश्वरा अधिकारी (न्यौपाने) को सम्झनामा करिब अढाई लाख बजेटमा श्रीश्रीश्री १०८ सरस्वती मन्दिर निर्माण गरेको स्थानीय अधिकारीले बताउनुभयो । सुरु–सुरुमा उत्साहपूर्ण ढंगले मन्दिर विद्यालयलाई आवश्यकता छ बनाई दिनुस् भन्यो । तर पछि विद्यायल व्यावस्थापन समितिका अध्यक्षले हामीलाई नसोधी किन बनाएको भनेर प्रश्न गरेको आरोप उहाले बताउनुभयो ।

आर्थीक रुपमा संकट भएपनि मन्दिर दुःखले निर्माण गरेको हो । तर निर्माण कार्य सम्पन्न गर्न लाग्दा राजनीति छिरेको अधिकारीले बताउनुभयो । उहाले बाध्यतामा परेका दुखेसो पोखेका छन् ।