पूर्णपुष्टि, पुष ३० गते ।
उदयपुरको त्रियुुगा नगरपालिका १० नं. वडाले आज पाँचसय ३० जना बृद्धबृद्धा, अपाङ्ता भएका, अशक्त तथा एकल महिलाहरुलाई न्यानो सिरक वितरण गर्यो ।
जाडोबाट बच्न विपन्न बर्गका उनीहरुलाई फाईबरको सिरक वितरण गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत वडाबासीबाट न्यानो सिरकको माग भएको वडाध्यक्ष किरण पाण्डेले बताए । मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई, प्रमुुख जिल्ला अधिकारी जनार्दन गौतम, नेकपा एमालेका नेता इश्वरमणी राउत लगायतले सिरक वितरण गरेका थिए ।
सिरक वितरण (फोटो सहित)










