Sunday, June 28News That Matters

१० महिनामा २८ करोडको बेसार आयात

पूर्णपुष्टि, असार ६

चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ नेपालमा आयात भएको छ ।

गत साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार, यस्तै तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको २ लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको १ अर्ब ८४ करोड ९० लाख ८७ हजार किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।

पछिल्लो आर्थिक वर्षसम्म नेपालमा ६ करोड ४७ लाख रुपैयाँ भन्दा धेरैको काचो बेसार नेपाल भित्रिएको थियो ।

नेपाली बजारमा बेसारको औषत प्रतिकिलो मूल्य ३ सय रुपैयाँ छ । थोकमा बेसारको मूल्य गुणस्तर हेरेर दुई ५० देखि २ सय ७५ रुपैयाँसम्म पर्न जाने नेपाल खुद्रा व्यावसायी महासंघले जनाएको छ ।

नेपाली कृषकले नै फलाएको बेसारको बजार हिस्सा धेरै भएको भएपनि भारत तथा म्यानमार लगायतका मुलुकबाट चानाको रुपमा बेसार नेपाल भित्रिने गरेको छ । चालु आवको १० महिनामा मात्रै ७९ हजार किलो बेसारजन्य पदार्थ म्यानमारबाट नेपालमा भित्रिएको छ ।

नेपालमा कपुरकोट हलेदो र कपुरकोट हलेदो २ नामको बेसार खेती गरिन्छ । कृषि व्यषिव्यस्थापन सूचना प्रणालीले केही वर्ष अगाडि गरेको अध्ययन अनुसार नेपालमा रोपाइँ गरेको ९ महिनापछि बेसारको फसल प्रयोग योग्य रहन्छ । नेपालको हावापानी अनुसार औषत एक रोपनीमा दुई देखि साढे दुई मेटिक टन काँचो बेसार उत्पादन गर्न सकिने अध्ययनमा देखिएको छ ।

नेपालमा बेसार मात्रै कति उत्पादन हुन्छ भन्ने यकिन अध्ययन नभएपनि बेसार लगायतको मसला बालीको उत्पादन आव ७५ ७६ को तुलनामा ९.५ प्रतिशतले बृद्धि भएर ५ लाख ५० हजार २८१ मेट्रिक टन पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालले जनाएको छ ।

नेपालमा अलैँची, अदूवा, बेसार र खुर्सानी लगायतको मसलाबालीको खेती ७० हजार ३ सय ७१ हेक्टरमा हुने मन्त्रालयको तथ्यांक छ । मसला बालीको प्रतिहेक्टर उत्पादन ७.८ मेट्रिक टन रहने अनुमान छ ।

कोरोना भाईरस डरले बेसार प्रयोग बढेसंगै भारतबाट पूरोप र पश्चिम एशियामा हुने निर्यातमा उछाल भएको छ । श्वास प्रश्वास प्रणाली स्वस्थ राख्नका लागि बेसारको धुलो तातो दूधमा मिसाएर सेवन गर्ने संख्या बढेको गत मार्चमै इकोनोमिक्स टाइम्सले लेखेको थियो ।