
मंसिर १६ गते ।
दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १४ स्वर्ण दक जितेको छ । करातेमा ७, तेक्वान्दोमा ६ र ट्रायथलनमा एक स्वर्ण जितेको हो ।
आठ प्रतिस्पर्धामध्ये सात प्रतिस्पर्धामा स्वर्ण जितेको नेपालका लागि अन्तिम स्वर्ण पदक अनु अधिकारीले दिलाएको थिईन् । उनले श्रीलंकाकी डोनलाई ८–० स्कोरले पछि पार्दै स्वर्ण हात पारेकी थिईन् ।
कराँतेको एकल कातामा नेपालका मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाएको छ । पुरुषको एकल कातामा पहिलो भएका मण्डेले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । मण्डे एकै सागमा दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेका हो ।
फाइनल खेलमा नेपालले श्रीलंकालाई हराएको थियो । नेपाली टिममा मण्डेसँगै महसुस मानन्धर र प्रविन महर्जनले नेपाललाई स्वर्ण दिलाएको छ । नेपाली टिमले २५ दशमलव ५४ अंक ल्याउँदै स्वर्ण पदक हात पारेको हो ।े श्रीलंकाले २५ दशलमलव २८ अंक हात परेको छ ।
१० औं सागमा एथ्लेटिक्सका राजेन्द्र भण्डारीले एकै सागमा २ स्वर्ण जितेपछि डोपिङका कारण पदक खोसिएको थियो ।
करातेमा पुरुष एकल कातामा पनि मण्डेले पाकिस्तानी खेलाडीलाई हराँउदै स्वर्ण जितेका थिए । टिम काता महलिामा नेपालका लागि निर्मला तामाङ, सरु कार्की, संगीता मगरले स्वर्ण हात पारिन् । नेपालले २४ दशलमव ८८ अंक प्राप्त गरेको थियो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात परेका थिए । पाकिस्तान दोस्रो बनेको छ भने श्रीलंका तेस्रो भएको हो ।
करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेको छ । लक्ष्मणले ५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गर्दै स्वर्ण हात पारेको हो । बंगलादेशी खेलाडीविरुद्ध उनले १९० ले जित निकालेका हुन् । सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सुर्यलाई पराजित गरेका थिए । यो सँगै नेपालले करातेमा स्वर्णको संख्या ४ पुर्याएको छ ।
८४ केजी तौल समूहमा दिवस श्रेष्ठले अन्तिममा फल गर्दा रजतमा सीमित बने । यस्तै ८४ केजी माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जिते । जसमा उनले पाकिस्तानका मोहम्मद बाजलाई ६–५ स्कोरले हराए ।
कुमुतेको ४५ केजीमुनिको तौल समूहमा कुशुम खड्काले बंगलादेशका मोउन्जेरा बोर्नालाई तीन–दुईको अंकमा हराउँदै नेपालका लागि छैटौं स्वर्ण दिलाएकी थिईन् ।
१३औँ सागको सोमबारको प्रतिस्प्रधामा नेपाललाई स्वर्ण दिलाउने खेलाडीहरु :
कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
कराते (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
कराते (टिम काता, महिला) – निर्मला तामाङ, संगिता मगर, सरु कार्की
कराते (५५ केजी) – लक्ष्मण तामाङ
कराते(८४ केजीमाथि) – विप्लवलाल श्रेष्ठ
कराते (४५ केजी मुनि) – कुसुम खड्का
कराते (५० केजी मूनि) – अनु अधिकारी
तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )- सिना मादेन लिम्बू
तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य र सञ्जिकुमार पाण्डे
तेक्वान्दो पुम्से महिला( १७(२३ वर्ष ) – निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिना
ट्रायथलन – सोनी गुरुङ
