Sunday, May 17News That Matters

१३२ औ श्रमिक दिवसमा विश्वभरीका नेपाली श्रमीकहरुलाई इन्सद्धारा शुभकाना आदान प्रदान

पूर्णपुष्टि, बैशाख १९

हिजो मे १ तारिक विश्व मजदुर दिवस, १३२ औँ विश्व मजदुर दिवस अन्तराष्ट्रि नेपाली समाज (इन्स) ले पनि भव्यताका साथ मनाएको छ । सोको अवसर विश्वभरी छरियर रहेका नेपाली मजदुरहरुलाई अन्तराष्ट्रिय नेपाली समाज (इन्स) ले भर्चुअल माध्यम प्रयोग गर्दै शुभकामना आदान प्रदान गर्दै १३२ औँ विश्व श्रमिक दिवस सफलताका साथ मनाएको हो ।

“जहिले पनि नेपालको लागि, जहाँ पनि नेपालीको लागी” भन्ने मुल नाराका अन्तराष्ट्रिय नेपाली समाज (इन्स) मलेसियाको आयोजनामा मे १ तारिक “१३२ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस“ मलेसियामा कृयाशिल रहेका नेपाली संघसंस्थाको प्रतिनिधिहरुको उल्लेखनीय उपस्थितिमा मनाइएको अन्तराष्ट्रि नेपाली समाज (इन्स) का उपाध्यक्ष इश्वर राईले बताउनुभयो ।

शुभकामना आदान प्रदान सँगै श्रमिकहरुको समस्या र पछिल्लो समय केहि सहजबारे बिभिन्न कुराहरुमा समेत छलफल भएको छ । श्रमिकहरुले लामो समयकालको आन्दोलन र संघर्ष पछि श्रमिकहरुको अधिकारको निम्ति नेपालको संविधान २०१५ ले नेपाली श्रमिकहरुको उचित पारीश्रमिक र सामाजिक सुरक्षाको प्रत्याभूति गराएको मन्तव्यमा प्रस्तुत गरिएको छ । अझै परिस्कृत र उचित किसिमको कानुन बनाउने प्रयात्नमा समेत ध्यान भईरहेको जनाएको छ । यो सँगै बिभिन्न समस्याहरु अझै पनि नेपाली श्रमिकहरुले भोग्दै आईरहेको पनि छलफलमा सुनाइएको छ । नेपालीहरुले बिदेशमा आएर श्रम अभ्यास गर्ने क्रममा देखा पर्ने समस्या नेपालमा भन्दा बिदेशमा फरक संस्कार अनि फरक तरिकाले कानुनी अभ्यासहरु भएकोले समस्या भोग्ने गरेको बक्ताहरुले बताएको छ ।

बैदेशिक यात्रामा समस्या भोग्दै आएका नेपालीहरुले यो समय सम्म आईपुग्दा निकै चेतनाको सास फेरिसको श्रमिकको समस्याबारे सचेत हुने र यस बारे चेतनाको स्तर बृद्धि भईसकेको श्रमिकहरुको पनि अनुभव छ । नेपाली श्रमिकहरु सचेत बने सँगै तुलनात्मकरुपमा अधिकार सम्पन्न हुदै गएको उनिहरुको बुझाई छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली राजदुतावासका उपनियोग प्रमुख मोति बहादुर श्रीशले मलेसियामा नेपाली नागरिकहरुको अधिकारकोलागि दुतावासले अधिक प्रयास गरिरहेको बतानुभयो । साथै मलेसियामा रहेका नेपालीहरुलाई समस्या पर्दा दुतावासलाई आवश्य सहयोग सबै संघसंस्थाले गर्ने गरेको र आगामि दिनमा अझै सशक्तरुपामारुपमा दुतावासलाई सहयोग गर्न आग्रह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेले श्रमिकहरु क्रमिकरुपमा अधिकार सम्पन्न हुँदै गईरहेको र सबै स्तरबाट सचेतना बृद्धि गराउदै जान पर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राईले मलेसियामा रहेको सबै संघसंस्थाहरुले पहिलै देखि बिभिन्न कार्य र कार्यक्रम गर्दै आए यो कार्यक्रम निकै उपयोगमुखी र पृथक रहेको बताउनुभयो । यस समाजले बृहत श्रमिक उद्धार कोष जस्तो पृतक तवरको कार्ययोजना ल्याएको र यस कार्यमा आफु र आफ्ना संस्थाले सहकार्य र सहयोग गर्ने समेत राईले बताउनुभयो ।