Thursday, May 28News That Matters

१३ नं वडामा तेस्रो चरणको राहत वितरण

गाईघाट/बैशाख, ९ 

त्रियुगा नगरपालिका वडा नं १३ ले तेस्रो चरणको राहत वितरण सुरु गरेको छ । लकडाउन थप भए सँगै भोकमरीको मारमा परेका वडा भित्रका विपन्न जनताहरुलाई वडाले तेस्रो चरणको खाद्यन्न राहत वितरण कार्य मंगलबार बाट सुरु गरेको हो ।

वडामा रहेका १८ ओटा टोल विकास संस्थाका अध्यक्षहरुलाई राहत सामाग्री जिम्मा दिइएको छ । धेरै भिँडभाँड र सामाजिक दुरीको ख्याल गर्दै टोलविकासले पहिचान गरिएको विपन्न तथा दैनिक ज्याला मजदुरको परिवारलाई राहत वितरण गरिने १३ नं वडाकी वडा अध्यक्ष पशुपती चौधरीले बताउनुभयो ।

वडाले पहिलो चरणमा वडामा रहेका अति विपन्न परिवारहरुको तत्काल पहिचान गरी खाद्यन्न उपलब्ध गराएको थियो ।

वडाले पहिलो चरणमा १५०, दोस्रो चरणमा १३२ र तेस्रो चरणमा ३७० गरी जम्मा ६५२ विपन्न घर परिवार र दैनिक ज्याला मजदुरहरुलाई खाद्यन्न राहत वितरण गरेको अध्यक्ष चौधरीले बताउनुभयो । चौधरीले ६५२ परिवार मध्ये भारामा वस्नेहरुलाई पनि वितरण गरिएकोे बताउनुभयो । राहत प्याकेजमा चामल, दाल, तेल, नुन, लगाएतका खाद्यन्न वितरण गरिएको छ ।

वडाले प्रहरीलाई पनि सुरक्षाको लागि ५० ओटा चस्मा सोमवार वितरण गरेको छ । कोरोना संक्रमणको उच्च सुरक्षामा खटिरहेको जिल्ला प्रहरी कार्यलयलाई पनि वडाले चस्मा सहयोग गरेको हो ।

तस्विरहरु