
पूर्णपुष्टि,चैत ८
म्यादीमा १५ वर्षीया किशोरीमाथि काठको मुढा लडेर मृत्यु भएको छ । रघुगंगा गाउँपालिका–४ दर्मिजाकी दीक्षा गर्बुजाको काठको मुढाले लाग्दा मृत्यु भएको हो ।
आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँ बस्ने ४५ वर्षीय नुरबहादुर पुनलाई प्रहरीले नियन्त्रणामा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
