Tuesday, June 9News That Matters

१६ नं वडाका जेष्ट नागरिक, अपाङगता र दलित परिवारलाई न्यानो कपडा वितरण

पूर्णपुष्टि, माघ १२

त्रियुगा नगरपालिका वडा नं १६ ले वडाका जेष्ट नागरिक, अपाङगता र दलित परिवारलाई सोमवार न्यानो कपडा वितरण गरेको छ ।

वडाका नियमित बार्षिक कार्यक्रम सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत १ लाख बराबरको सिरक वितरण गरेको हो ।

१६ नं वडाका बिभिन्न १२ ओटा टोलका ८० बर्ष भन्दा माथिका जेष्ट नागरिक, ७० बर्ष भन्दा माथिका दलित परिवार र अपाङगता भएका परिवारलाई जाडोका लागि न्यानो सिरक वितरण गरिएको वडा अध्यक्ष मान वहादुर राईले बताउनुभयो । अध्यक्ष राईले स्थानीय सरकारको चासो र सुरक्षाको दृष्टिले जेष्ट नागरिक, अपाङगता र दलित परिवारहरुलाई बिषेश ध्यानमा राखि सुरक्षा दिँदै जाडोबाट बचाउन न्यानो कपडा वितरण कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

उहाँले यस १६ नं वडाले गत बर्षहरुमा पनि जाडोबाट नागरिकको सुरक्षाको निम्ति न्यानो कपडाहरु वितरण गर्दै आईरहेको बताउनुभयो ।

यसैगरी वडा सदस्य गोमा कार्कीले स्थानीय सरकार आईसकेपछि नागरिकहरुको चासोमा लागि परेको बताउनुभयो । वडाले अझै वडामा रहेको जेष्ट नागरिक, अपाङगता र दलितहरुलाई बिषेश निगरानीमा राखी काम गर्दै आएको बताउनुभयो ।

वडाले ४९ जना जेष्ट नागरिक र ३१ जना अपाङगता र दलित परिवारलाई न्यानो सिरक वितरण गरेको छ । वडा कार्यलय स्थित स्वास्थ्य भवनमा कपडा वितरण गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष मान वहादुर राई लगाएत वडा सदस्य, गोमा कार्की, घमानं सिंह राई, कुन्ती परियारले कपडा वितरण गरेका थिए ।

फोटो फिचर