Tuesday, April 21News That Matters

१६ नं वडा सुकौरामा पनि ल्याव सहितको स्वास्थ्य सेवा सुरु

पूर्णपुष्टि, बैशाख १

त्रियुगा नगरपालिका १६ नं वडाले स्वास्थ्य क्षेत्रलाई बिषेश ध्यान दिँदै वडामै ल्याव सहितको स्वास्थ्य सेवा संञ्चालनमा ल्याएको छ । मंगलबार वडा अध्यक्ष मान वहादुर राईले ल्यावको उद्घाटन गरी सेवा संञ्चालनमा ल्याएको हो ।

आधारभुत स्वास्थ्य केन्द्र सुकौरामै अब ल्याव सहितको सेवाले स्थानीय तथा वडावासीहरुमा खुसी छाएको छ । अव सानो तिनो स्वास्थ्य समस्यामा पनि बढी खर्च गरी सदरमुकाम धाई राख्नु नपर्ने स्थानीयहरुको भनाई छ । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष राईले जनताको मर्म भावना अनुरुप सेवा गर्नु आफ्नौ कर्तब्य भएको बताउनुभयो । उहाँले अब छिट्टै एम्बुलेन्स सेवा तथा प्रसुती सेवा प्रवाह गर्न लागीपरेको समेत बताउनुभयो ।

राईले स्थानीय सरकारको प्रमुख बुदाको रुपमा रहेको स्वास्थ्य क्षेत्रलाई वडाले प्राथामिकताको साथ ध्यानमा राखेको बताउनुभयो ।

नगरको दुर्गम वडाको रुपमा रहेको भएपनि विकासको आधारले निकै अगाडी बढेको यस वडाले पछिल्लो समय स्वास्थ क्षेत्रको गतिलो सेवा प्रवाह गरेको छ । एक जना ल्याब कर्मचारी सहित सुरु भएको सेवाको लागी त्रियुगा नगरपालिकाको १ लाख ५० हजार बराबरको ल्याव परिक्षण उपकरण, सिद्धदेबी सामुदायिक बन उपभोत्ता समुहको २५ हजार बराबरको फर्नीचर सामाग्री तथा वडा कार्यालयको सहयोगमा सेवा सुरु भएको स्वास्थ्य केन्द्रका अध्यक्ष गोमा कार्कीले बताउनुभयो ।यस केन्द्रबाट वडाका ७ सय ५० घरधुरी सहित छिमेकी पालीका रौतामाइ गाउँपालिकाका स्थानीयले समेत सेवा लिन सक्ने स्वास्थ्य केन्द्रका उपाध्यक्ष उपेन्द्र तामाङले बताउनुभयोे । कार्यक्रममा माओबादी केन्द्रका वडा संयोजक उपेन्द्र रखाल मगर , जाल्पा टोल बिकास संस्थाका अध्यक्ष कमल कट्वाल , सुनौलो टोल बिकास संस्थाका सचिव बिवेक मगर लगाएतले सुभकामना राख्नुभएको थियो ।