
पूर्णपुष्टि, साउन ३२
घरेलु तथा साना उद्योग कार्याल उदयपुरको आयोजनामा होम स्टे सञ्चालकहरुलाई दिएको उद्यमशिलता विकास र खाना परिकार सम्बधी १७ दिने तालिम शनिबार सम्पन्न भएको छ । तालिममा त्रियुगा नगरपालिका–१३ को थारु सामुदायीक होम स्टेका सञ्चालकहरु लाभान्वीत भएका छन् । बेहेडवा सामुदायिक वन उपभोक्ता समितीको भवनमा सञ्चालित तालिमा १७ महिला र ३ पुरुष गरी २० जनाको सहभागिता रहेको थियो ।

होम स्टे भवन निमार्णको लागि असारी निवासी समाज सेवी युवा तथा व्यापारी विकास कटेलले सहयोग प्रादान गरेकोमा कार्यक्रमको समापनमा होम स्टेको तर्फबाट त्रियुगा नगरपालिकाको नगर प्रमुख बल्देब चौधरीद्धारा कटेललाई सम्मान गरिएको गरिएको छ । घरेलु तथा साना उद्योगले होम स्टेलाई १५ सेट काशको थाल, बटुका र चम्चा प्रदान गरेको छ ।

