Monday, May 11News That Matters

१८ सय रुपैयाँ केजी मासु बच्ने आई कालुलाई २ लाख जरिवाना

पूर्णपुष्टि, चैत २९ गते । 

खसीको मासु प्रतिकेजी एक हजार आठ सय रुपैयाका दरले बेच्ने नयाँ बानेश्वरको आई कालु मिट सेन्टरलाई सरकारले दुई लाख रुपैयाँ जरिबाना तिराएको छ ।

वाणिज्य, आपूर्ति तथा उपयोक्ता हित संरक्षण विभागले अनुगमन गर्दा खसीको मासु प्रति केजी एक हजार आठ सय रुपैयाका दरले बेचेको पाइएपछि दुई लाख रुपैयाँ जरिबाना गरिएको बिभागले जनाएको छ ।

कलंकीको चितवन खाद्य स्टोर्सलाई बढी मूल्यमा सामान बेचेको कसुरमा दुई लाख र नागार्जुन नगरपालिका–४ बाफलमा म्याद नाघेको सामान बेच्ने न्यू बि. के. स्टोरलाई तीन लाख जरिवाना गरिएको विभागले जनाएको छ ।