Sunday, June 21News That Matters

उदयपुर काेराेना संकटकाे घेराबन्दीमा | काेराेना खबर अपडेट-उदयपुर | १ जेठ , २०७८ -भिडियाे

पूर्णपुष्टि, जेठ १ ।

उदयपुरमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा १५ महिला ३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टाको परिक्षणमा महिलाको संख्या बढि आएको हो । योसंगै जिल्लामा संक्रमितको संख्या ३ सय ७९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।  संक्रमितहरु मध्ये ३ सय ३६ जना होम आ्इसोलेशनमा छन् भने ४३ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना जितेर १० जना निको भएका छन् ।  यो संगै जिल्लमा कोरोना जितेर निको हुनेको संख्या १४ पुगेको छ । जिल्लामा कोरोनाबाट आज कसैको पनि ज्यान गएको छैन । यसअघि भने ७ जनाको ज्यान गइसकेको छ । जसमा त्रियुगा नगरापलिकाको ४, चौदण्डीगढी नगरपालिकाको २ र कटारी नगरपालिकाको १ जना रहेका छन् ।

जिल्लामा कोरोना संक्रमितलाई उपचारका लागि ५ अस्पतालमा १ सय ३८ वटा बेड रहेका छन् ।  ३० वटा एम्बुलेन्स सन्चालनमा छन् भने जिल्लामा अक्सिजन शिलिण्डर १ सय ३ वटा रहेकोमा पछिल्लो समय अक्सिजनको सिलिण्डर संख्या बृद्धि भएको जनाइएको छ । जिल्ला प्रहरीले ३५ वटा भरिएको र १४ वडा खाली गरी ४९ वटा अक्सिजन शिलिण्डर संकलन गरेको जनाएको छ ।

गएराती १२ बजेदेखि ७ दिनका लागि जारी भएको जिल्ला निशेधाज्ञ कडाइका साथ लागु हुने जिल्ला प्रहरी प्रमुख एसपी भीबहादुर दाहालले बताउनु भएको छ । फिल्डमा खटिने सुरक्षाकर्मीहरुलाई सोही ढंगले निर्देशित गरिएको एसपी दाहालले बताउनुभयो ।

जिल्लाको प्रमुख नाकाहरु कडाई गर्नुका साथै चेकिङ तथा अनुगमन बढाइएको उहाँले बताउनुभयो । लालपत्ता, हडिया, सुन्दरपुर, आम्बासी, कोठु, बेलसोत, घुर्मी, चतरा सप्तकोशी पुलमा विशेष सुरक्षा चेक तथा कडाई छ । अनावश्यक हिड्डुल गर्नेलाई पनि रोकिएको जनाइएको छ ।

यसै सिलसिलमा आज प्रहरीले लकडाउन अवज्ञा गर्ने ८६ वटा सवारी साधनलाई कारवाही गरेको छ । तीन जना मानिसलाई मास्क नलाई अनावश्यक हिड्डुल गरेकोमा कारवाहीगरेका छ । ३ सय ३१ जना मानिसलाई आनावश्यक हिडडुल गरेको मा सम्झा बुझाई पठाएको जनाएको छ ।

जिल्लाको ८ पालिका मध्ये संक्रमण उच्च रहेको त्रियुगा नगरपालिकाले आप्mना १६ वटै वडामा ५ बेडका आइसोलेशन बनाउन सुरुवात गर्ने भएको । आज नगरप्रमुखको अध्यक्षतामा बसेको कोभिड १९ सम्बन्धी भर्चुअल बैंठकले प्रत्येक वडामा ५ वेडको आइसोलेशन बेड बनाउन सुरु गर्ने निर्णय गरेको हो । सबै बेड अक्सिजनसहितको बनाउने लक्ष छ ।

वडा नं. ५ देउरीमा भने उदयपुर सिमेन्ट उद्योग समेतको सहयोगमा १० बेडको आइसुलेशन अस्पताल सुचारु गर्ने निर्णय भएको जनाइएको छ ।

अशक्त, असहाय, गरिब तथा मजदुरको हकमा आइसुलेशन अस्पतालसम्म एम्बुलेन्सको ब्यवस्था गर्ने निर्णय पनि भएको छ । संक्रमितलाई औषधि प्याकेज वितरण गर्नेभएको छ ।

यसैबीच पालिकाको पहाडी वडा १६ नं. वडालाई पूर्ण सिल गर्न जिल्ला कोरोना संकट ब्यवस्थापन समितिलाई नगरपालिकाले सिफारिस गर्ने निर्णय गरेको छ । उक्त वडामा ब्यापकरुपले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै पालिको सिल गर्न सिफारिसको निर्णय गरेको हो ।

पछिल्लो २४ घण्टामा देशिभर कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । ८ हजार १ सय ६७ जना थपिएसंगै संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको हो ।

मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ८७ जनाले ज्यान गुमाएसंगै मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको हो । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ५५ जना निको भएका छन् । योसंगै देशमा निको हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ४ सय ६ जना थपिएको छ । यो संख्या थपिएसंगै विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड २५ लाख ८३ हजार २८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाले विश्वमा १३ हजार १ सय ९४ जनाले ज्यान गुमाएका छन् । योसंगै विश्वमा मृत्यु हुनेको संख्या ३३ लाख ७२ हजार ८ सय ४५ पुगेको छ भने निको हुनेको संख्या १४ करोड ४ लाख ८३ हजार ३ सय पुगेको छ ।