Saturday, June 6News That Matters

१ हप्तापछि मात्रै मनसुन सुरु हुने

पूर्णपुष्टि, जेठ २८ गते । 

आजदेखि नेपालमा मनसुन सुरु हुने भनिए पनि यस वर्ष ढिलो हुने भएको छ । जुन १० तारिख अर्थात् आजबाट मनसुन सुरु हुने भए पनि नेपालमा आउने मनसुनी प्रणाली बङ्गाल खाँडीको उत्तरी भूभागमा रहेको र त्यो नेपालको पूर्वी भूभागमा आइपुग्न झण्डै एक हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बङ्गालको उत्तरी भूभागमा रहेको मनसुनी प्रणाली १÷२ दिनमै पश्चिमी भूभागमा आउने र एक हप्ताभित्र दार्जिलिङ हुँदै नेपालको पूर्वी भूभागमा प्रवेश गर्ने जनाइएको छ  । यस वर्ष मनसुन सुरु हुँदा भने कमजोर प्रणाली आउने देखिएको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

सुरुवातमा सामान्य पानी पर्ने र बिस्तारै मनसुन बलियो भएर न्यून चापीय रेखा नेपाल नजिक आएपछि औसत पानी पर्ने सम्भावना देखिएको जनाईएको छ ।

आज दिउँसो र राति देशका धेरैजसो ठाउँमा बादल लाग्ने र प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश पाँचका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।