Saturday, April 25News That Matters

२० औँ सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान

पूर्णपुष्टि, माघ ८

२० औँ सशस्त्र प्रहरी दिवसको अवसरमा उदयपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । देशव्यापी रुपमा मनाईरहेको दिवस उदयपुरमा बिभिन्न कार्यक्रम प्रभातफेरी, रक्तदान, माल्याणर्पण जस्ता कार्यक्रम सहित दिवस मनाइएको हो । सशस्त्र प्रहरी वल नेपाल नं. ५ गण हेक्वा उदयपुरको आयोजनामा प्रभातफेरी र्याली सहित रक्तदान कार्यक्र गरिएको छ । रक्तदान जिवन दान भन्दै शान्ति, शुरक्षा र प्रतिबद्धताका साथ रक्तदानको कार्यक्रम गरिएको सशस्त्र प्रहरी वल नेपाल नं ५ गण हेक्वा उदयपरका एसपी सुधिर सुवेदीले बताउनुभयो । १ सय भन्दा बढीलाई रक्तदानमा सहभागी गराउने उदेश्य रहेको सुवेदीले बताउनुभयो । रक्तदान गर्नेहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, जेसीस, उद्योग बाणिज्य संघ लगाएतका व्यक्तिहरु सहभागी छन् ।

रगतको अभावमा कोहि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस भन्दै रक्तदान कार्यक्रमलाई महत्वका साथ अगाडी बढाइएको एसपी सुवेदीले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रमुख अधिकारी चक्रपाणी पाण्डेले रक्तदान मानव जिवनको बहुउपयोगी कार्य रहेको बताउनुभयो । स्वास्थ्य मानिसको थोरै रगतले एक गम्भीर विरामीहरुको जिवन बचाउन सक्ने भएकाले यो निकै उपयोगी कार्यक्रम रहेको बताउनुभयो । उहाँले सबैलाई यस रक्तदान कार्यक्रममा सहभागी हुन समेत आग्रह गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोग र समन्वयमा सशस्त्र प्रहरी बल उदयपुरलाई जेजिस उदयपुरले पनि रक्तदान कार्यक्रमको आयोजना सहयोग गरेको छ ।