
भदौ १३ गते ।
नेपाली यू–९९ क्रिकेट तिटमले तेस्रो अभ्यास खेलमा २२५ रनको लक्ष्य पाएको छ । नेपाली युवा टिमलाई २२५ रनको लक्ष्य श्रीलंकाली टिम चिलाव मारियन्सले दिएको हो ।
मारियन्सले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २२४ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएका थियो । सुरुवात राम्रो गरेको मारियन्सले १२.३ ओभरमा पहिलो विकेट गुमाउँदा ५० रन बनाएको थियो ।
नेपालका लागि सूर्य तामाङ र पवन सर्राफले समान २–२ विकेट लिएका थिए । यहि भदौ १९ गतेदेखि श्रीलंकामा एसीसी यू–१९ एसिया कप सुरु हुँदैछ ।
उक्त प्रतियोगिताको लागि नोपलले तयारी गरिरहेको छ । नेपाल रहेको समूह ‘बी’मा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् ।
