Monday, April 20News That Matters

२४ लाखभन्दा बढी कोरोना संक्रमित

पूर्णपुष्टि, बैशाख ८ गते । 

विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित २४ लाख भन्दा बढीमा पुष्टि भएको छ ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २४ लाख चार हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ६ लाख २४ हजार आठ सय ४८ जना निको भएका छन् । १६ लाख १५ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५४ हजार दुई सय २५ जना गम्भीर अवस्थामा रहेको र बाँकी १५ लाख ६० हजारभन्दा धेरैको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । संक्रमणका कारण एक लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।