
पूणर्पुष्टि, मंसिर ८
बेलायती सेनामा नेपालकी युवती अंशु गुरुङ पहिलो नेपाली युवतीको क्याप्टेन बेनेकिछिन् । अंशु कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दी घर भएका ६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र भुम्दिकोट समाज यूके आमा समुहकी अध्यक्ष सुकु गुरुङकी कान्छी छोरी हुन् । गुरुङ परिवार बेलायतमा फार्नबरोमा बस्दै आएका छन् ।
बेलायती सेनामा नेपाली युवाहरु भर्ती हुन लागेको दुई सय वर्षभन्दा लामो समय भइसक्यो । गोर्खा रेजिमेन्टमा नेपालबाट युवतीहरु समेत भर्ना गर्ने बेलायतको योजना रहेपनि अहिलेसम्म कार्यान्वयन भइसकेको छैन ।
पछिल्ला केही वर्षमा बेलायतबाटै फाट्टफुट्ट रुपमा केही नेपाली किशोरीहरु बेलायती सेनामा भर्ती हुने गरेकोमा क्याप्टेन जस्तो उच्च पदमा अंशुको प्रवेशले थप नेपाली युवतीहरुलाई बेलायती सेनातर्फ आकर्षित गर्ने आशा गर्न सकिने भएको छ ।
अंशु अहिले सम्मकै पहिलो युवतीको रुपमा बेलायती सेनमा भर्ती भएकी हुन् । गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट)को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन् ।
‘एकजना नेपाली चेली बेलायती सेनाको क्याप्टेनजस्तो प्रतिष्ठित जिम्मेवारीमा पुग्नु हामी सबैको लागि ठूलो गौरवको विषय हो’, आफ्नै साथीकी छोरीको सफलतामा उत्साहित योगेशले भने, ‘अंशुले हासिल गरेको उपलब्धि नयाँ पुस्ताका युवाहरुको लागि प्रेरणा बन्नेछ भन्ने विश्वास छ ।’
