
मंसिर २ गते ।
छ वर्षमा दुई हजार सात सय १५ जना सैनिक विभागिय कारबाहीमा परेका छन् । नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐन विपरित काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म कारबाही गरेको हो ।
सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरण विपरित काम गर्ने, कर्तव्य ज्यान मुद्दामा मुछिएका, जबरजस्ती करणी, चोरी, ठगी, लागूऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजानामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो ।
वैशाखदेखि हालसम्मको अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाईृ सलामी नगर्ने ३० जनामाथि कारबाही भएको सैनिक मुख्यालयले जनाएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
