Thursday, May 28News That Matters

२ जनामा कोरोना पुष्टि

पूर्णपुष्टि, बैशाख १४ गते । 

आज वीरगञ्जका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुको रिर्पोट पोजेटिभ आएको हो ।

दुवै जना ५० वर्षीय पुरुष हुन् । उनीहरुमा कोरोना परिक्षणमा रिर्पोट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विरगञ्जमा दुई जना नयाँ संक्रमित पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ भने  १२ जना उपचारपछि निको भएर डिस्चार्ज भईसकेका छन् ।