Sunday, June 21News That Matters

२ बालकको घाँटी रेटि हत्या गरेको अवस्थामा शव फेला

पूर्णपुष्टि, जेष्ठ ४

बाराको कलैयामा २ बालकको घाँटी रेटी हत्या भएको छ । सदरमुकाम कलैयाँमा धारीलो हतियार प्रयोग गरी बालकको हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा गफारका छोराहरु ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो ।

कलैया उपमहानगरपालिका–७ रंगपुर निवासी गफार मियाँका छोराहरुको घाँटी रेटेर हत्या गरिएको हो । आज बिहान सोही ठाउँमा निर्माणाधीन मदरसाको कोठाभित्र बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताएका छन् ।

हिजो साँझ ८ बजे घरबाट बाहिर खेल्न गएका दुवैजना बालक सोही समयदेखि  वेपत्ता थिए । गफार मियाका दुवैजना छोराको शव हेरेर आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको थप अनुसन्धानको लागि तालिमप्राप्त कुकुरमार्फत  घटनास्थलको थप अनुसन्धान गर्ने डिएसपी गौतमले जानकारी दिएका छन् ।