
पूर्णपुष्टि, असोज १२
चालु आर्थिक वर्षको दुई महिनामै करिब १४ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । साउन र भदौ महिनामा १३ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ ।
साउन र भदौमा सात अर्ब ७२ करोड रुपैयाँको धान चामल आयात भएको विभागले जनाएको छ । यसमध्ये झण्डै पाँच अर्ब रुपैयाँको धान चामल भारतबाट मात्रै आयात भएको छ ।
त्यस्तै दुई महिनामा छ अर्ब आठ करोड ५४ लाख रुपैयाँ बराबरको हरियो तरकारी र फलफूल आयात भएको छ । त्यस्तै एक अर्ब ७२ करोड १८ लाख रुपैयाँ बराबरको चिया र कफी आयात भएको जनाईएको छ ।

