Thursday, April 30News That Matters

३ जलविद्युत् आयोजनामा ३९ अर्ब वैदेशिक लगानी स्वीकृत

पूर्णपुष्टि, कात्तिक २६ 

जलविद्युत् आयोजनाको लागी लगानी बोर्ड नेपालले करिब ३९ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५ औँ बैठकले ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको हो ।

बोर्डले ७७.५ मेगावाटको घुन्साखोला जलविद्युत् आयोजनाको लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजनाको लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको हो ।

बोर्डको कार्यालयको क्षमता वृद्धि, एकल विन्दु सेवा केन्द्र प्रभावकारी बनाउने लगायतका विषयमा निर्णय बैठकले गरेको छ । बोर्डको बैठक हरेक दुई महिनामा बस्नुपर्ने भए पनि गत असारयता बस्न सकेको थिएन ।